पर्सा प्रहरी द्वारा श्रोत नखुलेको लाखौं रुपैंया सहित एक भारतीय नागरिक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चौक बाट श्रोत नखुलेको लाखौं रुपैंया सहित एक जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा रजतजयन्ती चोक स्थित सडक खण्डमा मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटर साईकलमा सवार भारतको विहार राज्य, जिल्ला मोतीहारी, थाना रक्सौल वडा नं. ०१ बस्ने वर्ष ५३ को सुरेन्द्र साहले उक्त मोटर साईकलको वाँया तर्फको एयर फिल्टर भित्र लुकाइ छिपाइ राखिएको श्रोत नखुलेको नेपाली रू. १ हजारको दरका नोट ७ सय थान रू. ७ लाख, रु. ५ दरका नोट ६ सय थान रु. ३ लाख गरी जम्मा रु. १० लाख रितपूर्वक बरामद गरी उल्लेखित नम्बरको मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा

    काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 9 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 11 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक