दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०१ साउन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको माल बाहक ट्रक र पिकअप लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट काठमाण्डौ तथा बुटवलतर्फ जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ०१:१० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, गण्डक स्थित सडक खण्ड बाट ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू. १ करोड ४३ लाख ६४ हजार २२ बराबरको ट्रक, पिकअप र सो भित्र लोड रहेको लत्ताकपडाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।