दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०७ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार दिउँसो करिब ०४:३० बजेको समयमा पर्सा जिल्लाको दुईवटा गाउँपालिका मा संचालित अवैध घरेलु मदिरा भट्टी नष्ट गरिएको छ ।
पर्सा जिल्लाको पकहाँ मैनपुर गाँउपालिका वडा नं. ०३, पकहाँ र विन्दवासनी गाँउपालिका वडा नं. ०४, अमरपट्टीमा विभिन्न व्यक्तिहरूले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको अवस्थामा त्यहाँ बाट खटी गएको प्रहरी टोलीले उक्त स्थानमा रहेका सात वटा रक्सी भट्टीमा ७ हजार लिटर कच्चा पदार्थ र १ हजार लिटर तैयारी घरेलु मदिरा नष्ट गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।