पर्सा-बारा करिडोरका ७ सिमेन्ट उद्योग बन्द

काठमाडौँ । ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा-बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग बन्द धमाधम हुन थालेका हुन् ।

हालसम्म कलश, इन्टरनेशनल, रिलायन्स, एडवान्स, आरएमसी, कृष्णा, स्टार सिमेन्ट उद्योग बन्द भइसकेका छन् । विश्वकर्मा, त्रिशक्ति, अम्बे, शुभश्री जगदम्बा र शालिमार सिमेन्ट उद्योग मात्र हाल आंशिक क्षमतामा सञ्चालनमा छन् ।

कलश सिमेन्ट उद्योगका सञ्चालक एवम् वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक शिथिलतापछि निर्माण कार्य ठप्प प्रायः भएको र होङ्शी, हुवासिन जस्ता ठूला उद्योग आक्रामक रूपले आएपछि प्रतिस्पर्धा गर्न नसक्दा करिडोरका सिमेन्ट उद्योग बन्द हुन थालेको बताए ।

कतिपय ठूला सिमेन्ट उद्योगले भारत तर्फ निकासी गरिरहँदा पर्सा-बारा करिडोरका उद्योगले भने मूल्यमै प्रतिस्पर्धा गर्न नसकेको अग्रवालको भनाई छ ।\

करिडोरका साना सिमेन्ट उद्योगहरू ५० देखि १ सय करोड र ठूला उद्योग २ सयदेखि ३ सय करोड रुपैयाँ लगानीमा स्थापना गरिएको अग्रवालले बताए । करिडोरका ७ सिमेन्ट उद्योगहरू बन्द हुँदा १ हजार जनाले प्रत्यक्ष रूपमा रोजगारी गुमाएको पनि उनले बताएका छन् ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-