दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १२ चैत । ईलाका प्रहरी कार्यालय, पोखरिया ले विशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०४:४० बजेको समयमा सो ईलाकामा संचालनमा रहेको विभिन्न घरेलु मदिरा भट्टी नष्ट गरेको छ ।

उक्त ईलाका अन्तर्गत रहेको पकाहाँ मैनपुर गाउँपालिका वडा नं. ०३ र ०४ को धोबिया टोलमा विभिन्न व्यक्तिहरूले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको अवस्थामा त्यहाँ बाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमाण्डमा खटी गएको प्रहरी टोलीले उक्त स्थानमा रहेका मदिरा भठ्ठीहरु नष्ट गर्नुका साथै १ हजार २ सय लिटर कच्चा पदार्थ र २ सय ५० लिटर तैयारी घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।