
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २५ फागुन । प्रहरी चौकी, भिस्वा डाँडा ले शनिबार राति करिब ०८:३० बजेको समयमा प्रहरी वीरगञ्ज महानगरपालिका वडा नं. १५, ब्रहमचोक स्थित बाट प्रतिवन्धित लागु औषध चरेस सहित तीन जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थान बाट बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ०२ भवानीपुर बस्ने वर्ष २३ को लडु राम, पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष ३५ सरोज साह र वीरगञ्ज महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २३ को रवि चौधरी समेतका व्यक्तिहरूले भाडामा लिइ बसेको घरकोठा रित पुर्याई खानतलासी गर्दा सो कोठामा लुकाइ राखेको अवस्थामा पहेंलो प्लाष्टिक भित्र लागु औषध चरेश जस्तो देखिने पदार्थ १५ पोकामा ६ के. जी. ५ सय ९० ग्राम फेला पारी बरामद लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसूरमा पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा आईतबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् ।