पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड ६२ लाख ७२ हजार ६ सय ९५ बराबरको अवैध चोरी तस्करीका सामानहरु बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

विगतको आ. ब. २०८०/०८१ को १२ महिनाको अवधिमा अवैध चोरी तस्करी बरामद गरी रु. १४ करोड ९९ लाख ०५ हजार ५ सय २८ बराबरको अवैध सामान भन्सार दाखिला गरेकोमा आ. ब. २०८१/०८३ मा अवैध चोरी तस्करी बरामद गरेर रु. २८ करोड ९२ लाख ५० हजार १ सय ९९ पुग्न गएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्ट ले बताएका छन् ।

पर्सामा उनी आए देखि चालु आ. ब. को ५ महिनामा करिब रु. १४ करोड बराबरको अवैध चोरी तस्करीको सामानहरु बरामद गरी भन्सार दाखिला गरेको अवस्थालाई हेर्ने हो भने यो चालु आ. ब. को बाँकी ७ महिनामा बरामदी रकम बढेर जाने देखिन्छ । अर्को तर्फ चालु आ. ब. को ५ महिनामा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साले राजश्व अनुसन्धान कार्यालय, पथलैयामा अनुसन्धानको लागि रु. ८ करोड ५९ लाख ७२ हजार ७ सय ५० बराबरको अवैध सामानहरु बरामद गरी बुझाएको छ ।

यसै गरी गत आ. ब. २०८०/०८१ र २०८१/०८२ मा अनुसन्धानको लागि क्रमशः रु. १९ करोड २६ लाख १४ हजार ९ सय ८४ र रु. ११ करोड ९९ लाख ४७ हजार १ सय ७८ बराबरको अवैध सामान राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको थियो ।

पर्सा जिल्लाको नेपाल-भारत १ सय ७ कि. मि. सीमा क्षेत्रमा अहोरात्र खटिएर चोरी तस्करीमा कडा निगरानी राख्‍दै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय. पर्साले कार्य गर्दै आईरहेको छ, जसको फलस्वरुप वीरगंज भन्सार कार्यालयले राजश्व संकलनमा फड्‍को मारेको तथ्यांकले देखाएको छ ।

विगतका आ. ब. हरुमा वीरगंज भन्सार कार्यालयले २०८०/०८१ र २०८१/०८२ को अवधिमा क्रमश: रु. १ खर्ब ४२ अर्ब ९८ करोड ०५ लाख ५९ हजार ७ सय २८ र रु. १ खर्ब ७५ अर्ब ७० करोड ६५ लाख ५४ हजार १ सय १० राजश्व संकलन गरेको छ, जुन आ ब. २०८०/०८१ को ६३ प्रतिशत बाट बढेर आ. ब. २०८१/०८२ को ८० प्रतिशत हुन आई करिब १६ प्रतिशतको वृद्धि हुन आउँछ भने यस चालु आ. व. को ४ महिनाको अवधिमा रु. ७५ अर्ब ६४ करोड ४ लाख ०७ हजार ,२ सय ३५ राजश्व उठेको जुन ५ प्रतिशत बढेर ८५ प्रतिशत हुन आउँछ ।

यसरी हेर्दा यो चालु आ. ब.को बाँकी ८ महिनामा राजश्व संकलनमा उल्लेखय वृद्धि हुने सहजै अनुमान गर्न सकिन्छ । जेन-जी आन्दोलन, बेमौसमी बर्षा र त्यसले ल्याएको विपद् तथा छिमेकी राष्ट्र भारतको विहार राज्यमा हालै सम्पन्न विधान सभा चुनावको बाबजुद पनि राजश्व संकलन र चोरी तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति हुनुलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्साले राजश्व चुहावट नियन्त्रणलाई अभियानकै रुपमा जनतालाई समेत सु-सुचित गर्दै नियन्त्रण गर्ने कार्यलाई कटिबद्ध भई लागेकोले उल्लेख्य सफलता हासिल गरेको स्थानियहरुको धारणा रहेको बताईन्छ ।

अवैध चोरी तस्करी नियन्त्रणको साथ साथै आन्तरिक सुरक्षामा पनि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साले उल्लेखनिय भुमिका खेलेको छ । हालै कटुवा पेस्तोल सहित २ जना व्यक्ति नियन्त्रणमा लिई सम्वन्धित निकायमा बुझाउनु र ३ सय ५० के. जी. गाँजा, ३०.९८ के. जी. चरेश र ठुलो परिमाणमा मनोदिपक लागुपदार्थ बरामद गरी सम्वन्धित निकायमा बुझाएको कारण सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्साले आन्तरिक शान्ति सुरक्षामा भुमिका खेलेको प्रष्ट देखिन्छ ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय