पर्सा मा पाँच वटा मोटरसाइकल सहित चोरीमा संलग्न तीन जना प्रहरी हिरासतमा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली ले सोमबार साँझ करिब ०५:०० बजेको समयमा चोरीको ५ वटा मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारति का अनुसार मिति २०८१ साल असोज २५ गते साँझ करिब ०५:०० बजेको समयमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ०१, सतोवल बस्ने वर्ष २६ को शिवदत्त दास थारूको नाममा दर्ता रहेको ना. ५१ प ७४३५ नम्बरको YAMAHA FZ १५० सि. सि. को मोटरसाईकल निजले आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्था बाट उक्त मो. सा. को लक तोडी चोरी गरी लगेको भन्ने खोज तलासको लागि शिवदत्त दास थारुले इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीमा निवेदन दिएको हुँदा यस कार्यालय तथा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ करिब ०५:०० बजेको समयमा पर्सा जिल्लाको पर्सागढी न.पा.वडा नं. ०९, कोइलाभार स्थित सोही ठाउँ बस्ने वर्ष २१ को सिदार्थ कुमार चौधरीले चलाइरहेको अवस्थामा फेला पारी प्रारम्भिक सोधपुछ गर्दा चोरीमा सलंग्न सोही ठाउँको वडा नं. ०८ बस्ने बर्ष २४ को विशाल दास थारु र वडा नं. ०२ बस्ने बर्ष ३० को पृतम कुमार महतो तथा अन्य ४ वटा मो.सा.सहित नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निजहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको कुरा पनि सूचना अधिकारी भारति ले आज बताएका छन् ।

  • Related Posts

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ । बैठकमा देशभरका महानगरपालिका, उप-महानगरपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहेको थियो ।…

    एजेन्ट संघले निर्माण गरेको महावीर मन्दिर तथा संघ सचिवालयको समुद्घाटन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ मंसिर । बीरगँज भन्सार एजेन्ट सँघ, पर्साले निर्माण गरेको महावीर मन्दिर र एजेन्ट सँघको सचिवालयको समुद्घाटन सम्पन्न भएको छ । आज एक कार्यक्रमको बिच…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 121 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 18 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 23 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 15 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 20 views
    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    • December 4, 2025
    • 18 views
    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास