दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २३ मंसिर । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बिहान करिब १०:०० बजे देखी दिउँसो ०३:०० बजेसम्म पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ०३, झबराहा स्थितमा जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक रामराजा केशरीको कमाण्डमा खटिएको करिब ५० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको ३० कठ्ठामा १२ हजार गाँजाको बोट फडानी तथा नष्ट गरिएको छ, भने गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।

