दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले आईतबार दिउँसो करिब ०२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौ स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन ति अपचिरित व्यक्तिले सेतो प्लाष्टिकको झोला साथमा लिई संकाष्पदरूपमा भारततर्फ जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको चेकिङ टोलीले कानूनी रीतपुर्‍याई खानतलासी गर्दा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ०९, एकटांगा बस्ने बर्ष ४२ को मुरारी प्रसाद यादवले आफ्नै शरीरमा प्लाष्टिकको टेपले वेरी शरीरमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ३ के. जी. २ सय ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध गाँजा सहित नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।