दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार राति करिब ०७:३० बजेको समयमा भारी मात्रामा प्रतिवन्धित लागु औषध सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. ०८, पानीटंकी सडक खण्डमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी जम्मा १ हजार ५ सय एम्पुल फेला परेको हुँदा रिक्सा चालक वीरगञ्ज महानगरपालिका वडा नं. ०१, छप्कैया बस्ने वर्ष ५० को बब्लु लाल कर्णलाई उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिई निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बुधबार बताएका छन् ।