पर्सा मा हातीको दारा सहित तिनजना मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब ०६:०० बजेको समयमा दुई वटा हातीको दारा सहित तीन जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विगत केही महिना अगाडी देखि पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४, गोरखपुर टोल स्थितमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको भनी सूचना प्राप्त भई सो सम्बन्धमा थप कुरा बुझ्नको लागि गोप्य रूपले प्रहरी परिचालन गरी सो हातीको दाराको बारेमा पता लगाउने क्रममा आज विहानको समयमा ठोरी गाउँपालिका वडा नं. ०४ मा रहेको चन्द्र परियारको खेतमा खाल्डो खनी अंदाजी २१/२१ के. जी. तौल भएको दुई वटा हातीको दारा जस्तो देखिने बस्तुहरू फेला परेको हुँदा बरामद गरी सो कार्यमा सलंग्न पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४, विजयबस्ती गुम्बालाइन बस्ने वर्ष ४१ को कुइसंग लामा, वीरगञ्ज महानगरपालिका वडा नं. १४, पिप्रा बस्ने वर्ष ४० को प्रेम शर्मा तथा वीरगञ्ज महानगरपालिका कै वडा नं. ३१ बस्ने वर्ष ३८ को अमिरीलाल महतो लाई नियन्त्रणमा लिइ जिल्ला डिभिजन वन कार्यालय संग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    काठमाडौँ, ६ साउन : राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल…

    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    काठमाडौँ, ६ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ । उहाँले उद्योग, वाणिज्य तथा…

    पहिलो

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    • July 21, 2024
    • 5 views
    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    • July 21, 2024
    • 5 views
    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    • July 21, 2024
    • 6 views
    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    • July 21, 2024
    • 5 views
    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    • July 21, 2024
    • 7 views
    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?

    • July 21, 2024
    • 1 views
    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?