पर्सा मा ४ करोड ७७ लाख ४० हजार बराबरका सुपारी लोड र अनलोड रहेको ट्रकहरू सहित २ जना मानिसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिहीबार दिउँसो करिब १२:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. ०२, वाईपास रोडमा रहेको निशान्त रोनावतको दाल फ्याक्ट्री बाट करोडौं मूल्य बराबरको सुपारी बरामद गरेको छ ।

उक्त सुपारी वीरगंज भन्सार कार्यालय बाट महोत्तरी, बर्दिवास, महोत्तरीको लागी पैठारी भई आएको २ कन्टेनर सुपारी अवैध रुपमा Unloading गरिरहेको भनी प्राप्त सूचना अनुसार त्यहाँ बाट प्रहरी उपरीक्षक सुदिप राज पाठक को कमाण्डमा खटिएको प्रहरी टोलीले ना. ७ ख. ७४२० नम्बरको टेलर ट्रकमा ESCU9000479 नम्बरको को Express way लेखिएको कन्टेनर Unloading गर्दा गर्दैको अबस्था र Unloading गर्नको लागी रोकी राखेको ना. ४ ख. ६८३२ नम्बरको १४ चक्के टेलर ट्रकमा ESCU9000606 नम्बरको को Express way लेखिएको कन्टेनर समेत फेला पारी शंकास्पद रहेको भनी शंका लागि नियन्त्रणमा लिईएको छ ।

सोही क्रममा ना. ७. ख. ७४२० नम्बरको टेलर ट्रक चालक बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. २० वस्ने बिसुन महराको छोरा अन्दाजी वर्ष ४१ को राम भरोस महरा र ना. ४ ख. ६८३२ नम्बरको १४ चक्के टेलर ट्रक चालक बारा जिल्ला कै जितपुर सिमरा उप महानगरपालिका वडा न.१९ वस्ने सुकदेव राउतको छोरा अन्दाजी वर्ष ५१ को राम प्रसाद यादवलाई नियन्त्रणमा लिएको तथा सुपारी लोड र अनलोड रहेको लगभग १ हजार ८ सय बोरा र उल्लेखित नम्बरको ट्रकहरू अन्दाजी मूल्य रू. ४ करोड ७७ लाख ४० हजार बराबरका सुपारी थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views