पलाँतामा टेलिकमको टावर सञ्चालन

मान्म(कालीकोट) । कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । पलाँता गाउँपालिकामा सञ्चारको सेवा नपुगेका कारणले सञ्चारको सेवा पुर्‍याउनका लागि नेपाल टेलिकमको टावर स्थापना गरिएको छ ।

पलाँता गाउँपालिका-४ को रिज्जेव डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । टावर जडान भएपछि पलाँता गाउँपालिकाको ९० प्रतिशत ठाउँमा सञ्चारको पुग्ने दूर सञ्चार कार्यालय कालीकोट कार्यालय प्रमु प्रेमसिंह विष्टले बताए ।

“गाउँपालिका–२, ३, ४, ५, र ६ मा सबै क्षेत्रमा काम गर्नुका साथै पचालझरना गाउँपालिकामा समेत सञ्चार सेवा पुग्नेछ”, उनले भने, “दुर्गम क्षेत्रमा सञ्चारको सेवा पुर्‍याउने लक्ष्य अनुसार टावरको स्थापना भएर सञ्चालनमा आएको हो ।” टावरको सञ्चालनमा आएसँगै नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको गाउँपालिका-४ का वडाध्यक्ष तिलक बुढाले जानकारी दिए ।

“गाउँमै फोरजी फाइभजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालन हुन लागेको छ,” उनले भने, “यसले यहाँका सञ्चारको सेवाबाट वञ्चित नागरिकलाई राहत दिनेछ ।”

यहाँ सञ्चार सेवा तथा इन्टरनेट सेवा नहुँदा नागरिकलाई निकै सास्ती भएको र सूचना प्रवाहबाट नागरिक वञ्चित हुनुपरेको टेलिकम टावर स्थापनाले सहज हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायले बताए ।

  • Related Posts

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    महोत्तरी, ९ माघः निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना