पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा

काठमाडौँ, २९ असार : पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ । यहाँ जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।

यस जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरूज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने परम्परा छ । पशुपति क्षेत्र विकास कोषले गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । यसैले पनि गङ्गामाई रथयात्राको विशेष महत्व छ ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइन्छ । आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोषबाट जात्रा पर्व हेर्नुहुने कर्मचारी वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो । जात्रा आजै समापन हुने जनाइएको छ ।

  • Related Posts

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ । समाजिक सञ्जाल Facebook,…

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ आश्विन । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, बस पार्कको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:०० बजेको समयमा प्रतिबन्धित लागु…

    पहिलो

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    • September 17, 2024
    • 23 views
    समाजिक सञ्जाल मार्फत समाजमा अराजक  गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    • September 17, 2024
    • 39 views
    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    • September 17, 2024
    • 12 views
    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    • September 17, 2024
    • 12 views
    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    • September 17, 2024
    • 10 views
    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

    • September 17, 2024
    • 7 views
    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी