पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ, ९ असारः गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताउनुभयो । सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

  • Related Posts

    ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

    काठमाडौँ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र-महिला सञ्चालकमा भागीरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई…

    १ वर्षमा पौने ४ अर्ब रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात

    काठमाडौँ । गत आर्थिक वर्ष ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । विभागका अनुसार २८ लाख ३९ हजार २१७ टन सिमेन्ट र…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-

    • July 25, 2024
    • 21 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-

    नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न-

    • July 25, 2024
    • 20 views
    नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न-

    बाँकेमा गुप्तचरमाथि आक्रमण

    • July 25, 2024
    • 7 views
    बाँकेमा गुप्तचरमाथि आक्रमण

    लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

    • July 25, 2024
    • 7 views
    लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

    पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई दिन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

    • July 25, 2024
    • 10 views