पहिरोका कारण सार्कीबारा बस्ती नै जोखिममा

रुकुम, १४ साउनः रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको एक बस्ती पहिरोको जोखिममा परेको छ । लगातार भएको वर्षाका कारण आइतबार राति वडा नं १२ को सार्कीबारा बस्तीमुनि ठूलो पहिरो खसेको छ ।

वडाध्यक्ष खम्मे कुसारीले गिजागाड खोलाको बाढीका कारण गएको पहिराले चार घर भत्किएका जानकारी दिनुभयो । उहाँकाअनुसार स्थानीय नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्की र अर्जुन सार्कीको घर पहिरोमा भत्किएका हुन् । पहिरोले बस्ती नै जोखिममा परेपछि १० घरपरिवारलाई वडा कार्यालयमा सारिएका छन् । गिजागाड खोला र पहिरो गएको स्थानका १० घर उच्च जोखिममा रहेका र पहिरोभन्दा माथिल्लो भागमा रहेको सम्पूर्ण बस्ती नै जोखिममा रहेको वडाध्यक्ष कुसारी बताउनुभयो । खोलामा पानीको सतह नघटेकाले बस्तीमा जान नसक्दा क्षतिको विवरण समेत सङ्कलन गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मनसुन सुरू भएयता यस वडामा चार जनाको मृत्यु भइसकेको छ । गत साउन १ गते बिहान बाढीले टहरा पुरिँदा तीन बालिकाको मृत्यु भएको थियो भने साउन ३ गते खोलामा आएको बाढीले बगाएर एक पुरुषको ज्यान गएको थियो । यहाँ एक जना अझै बेपत्ता छन् ।

भूकम्पका बेला पनि जिल्लाको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको थियो । त्यसयता वर्षाको समयमा नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले दुःख दिने गरेको नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो । नगरपालिकाले ७५ ठाउँलाई पहिरो र बाढीको उच्च जोखिम क्षेत्रको सूचीमा राखेको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर यस वर्षको सर्वोत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएको छ ।सशस्त्र प्रहरी नायब…

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ०४ मा रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा मंगलबार एक कार्यक्रमका विच नापतौल सम्बन्धी एक दिने…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना