पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै

दमौली (तनहुँ), २३ असार : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो ।

पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

शुक्रबारदेखि परेको वर्षाका कारण तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । शनिबार पहिरो गएपछि विभिन्न ठाउँका सडक अवरुद्ध भएका हुन् । भिमाद नगरपालिका–२ हुँदै जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिनुभयो । भिमकाली, मिर्दी, किहुँ, उत्तरदक्षिण, बिरुवा, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन् ।

यस्तै घिरिङ गाउँपालिका–२ बैडी सडकखण्ड पनि पहिरोले अवरुद्ध छ । शुक्लागण्डकी नगरपालिका–५ पाटनमा पहिरो खसेपछि उक्त खण्ड अवरुद्ध भएको छ । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार पानी परिरहेकाले पहिराको जोखिम कायमै रहेको छ ।

उहाँले भन्नुभयो, “सडक खुलाउने प्रयास भइरहेको छ । पोखरा आउजाउ गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ ।” दमौलीबाट पोखरा जान भोर्लेटारचोकबाट कलेस्ती, दुइपिप्ले, पोल्याङ, राजाको चौतारा हुँदै जान सकिन्छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको छ । शनिबार दिउँसो ४ बजे वर्षाका कारण फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध भएको उक्त खण्ड आज बिहान ४ः५५ बजेदेखि सञ्चालनमा आएको हो ।

खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारीसाधन सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

  • Related Posts

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज ०३ माघ । तालुक नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज, पर्सा (हाल-जनकपुरधाम धनुषा) का कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग को नेतृत्वमा रहेको निरीक्षण…

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । नेपालगन्ज, ०३ माघ । श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्ष्ता मिथिला समाजको अध्यक्ष् राम…

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 77 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 61 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 15 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु