पाँचवटा प्रदेशमा मनसुनको प्रभाव

काठमाडौँ, ८ असार : देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । –––

  • Related Posts

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    काठमाडौँ, ६ साउन : राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल…

    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    काठमाडौँ, ६ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ । उहाँले उद्योग, वाणिज्य तथा…

    पहिलो

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    • July 21, 2024
    • 5 views
    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    • July 21, 2024
    • 5 views
    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    • July 21, 2024
    • 6 views
    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    • July 21, 2024
    • 6 views
    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    • July 21, 2024
    • 7 views
    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?

    • July 21, 2024
    • 1 views
    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?