पाँच महिनामा बैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड पुग्यो

 चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १५.८३ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा आयात १५.८३ प्रतिशत बढेको छ भने निर्यात ५८.१७ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार पाँच महिनमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको आयात भएको थियो ।   

यस्तै यस आर्थिक बर्षको पाँच महिनामा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७३ अर्ब ६८ करोड ९७ लाख ७१ हजार बराबरको निर्यात भएको थियो । 

यस आर्थिक बर्षको पाँच महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ५ खर्ब ८७ अर्ब ८२ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड पुगेको छ । त्यसैगरी पाँच महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ८.९८ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.५८ गुणामा झरेको छ ।

  • Related Posts

    सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

     नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको…

    काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 14 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 9 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 24 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 9 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 0 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 9 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट