पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय

चितवन । पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय सुहाउँदो बनाउन थालेका छन् ।

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा.राजेशकुमार ठकुराठी विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउनेगरी पाठ्यक्रम परिमार्जन गरेको बताउछन् । युनाइटेट टेक्निकल कलेज भरतपुरले शुक्रबार यहाँ आयोजना गरेको स्नातक र स्नातकोत्तरका नयाँ कार्यक्रम सुभारम्भका अवसरमा उनले भने, “पाठ्यक्रम अहिलेको परिवेश सुहाउँदो बजारले माग गरेअनुसारको बनाएका छौँ ।” 

सैद्धान्तिक ज्ञानमात्रै नभएर प्रयोगात्मक कक्षामा जोड दिइएको डिन ठकुराठीले बताए । पहिलेपहिले इन्टर्नसिप नहुने गरेकामा इञ्जिनियरिङ सङ्कायमा तीन महिनाको अनिवार्य इन्टर्नसिप गराएको उहाले बताए । डिन ठकुराठीले भने, “सीपमूलक पाठ्यक्रम बनाएका छौँ ।” स्नातक तहमा क्याम्पसलाई आफूलाई चाहिने विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । छात्रवृत्ति अन्य विश्वविद्यालयको तुलनामा आफूहरूले बढी दिएको उनले बताए । 

विश्वविद्यालयले एक वर्षमा स्नातक तहमा मात्र एक हजार एक सय जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । आङ्गीक क्याम्पसमा २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजमा १० प्रतिशत छात्रवृत्ति दिने गरेको डिन ठकुराठीले जानकारी दिए । विश्वविद्यालयमा ५८ सम्बन्धन प्राप्त,  आङ्गीक चार र संयुक्त आङ्गीक तीन  कलेज रहेका छन् । विज्ञान तथा प्रविधि सङ्कायमा २० क्याम्पस छन् । तीमध्ये एउटा आङ्गीक, एउटा संयुक्त आङ्गीक र १८ सम्बन्धन प्राप्त छन् । सबै कलेजले विद्यार्थी कोटाअनुसार पुर्‍याउन नसकेको उनले बताए । 

सो अवसरमा डिन ठकुराठीले चितवन र छिमेकी जिल्लाका लागि प्राथमिकता दिँदै यहाँको युनाइटेड टेक्निकल कलेजमा यसै शैक्षिकसत्रबाट ब्याचलर अफ इञ्जिनियरिङ इन इन्फरमेसन टेक्नोलोजी (बिइ आइटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको बताए । कार्यक्रममा कलेजका प्रिन्सिपल एवं शैक्षिक निर्देशक प्रा डा केशवदत्त अवस्थीले कलेजले बिइ आइटीमा ४८ जना तथा ‘एमएससी इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट’मा हरेक ६ महिनामा ३० विद्यार्थी भर्ना लिनेगरी पठनपाठन गर्न लागिएको बताए ।  

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष चूडामणि खनालले हाल कलेजले स्नातक तहमा बीइ कम्प्युटर, बीइ सिभिल, बीइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्स्ट्रक्सन म्यानेजको अध्यापन गराइरहेको बताए । कलेजबाट हालसम्म पाँच सय ९६ इञ्जिनियर उत्पादन भएको उनले बताए। सो अवसरमा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवं आइटी विज्ञ प्रा डा सुवर्ण शाक्य,  पुलचोक क्याम्पसका उपप्राध्यापक एवं ट्रान्सपोटेसन इञ्जिनियरिङ विज्ञ डा प्रदीप श्रेष्ठ, जर्नलका प्रधान सम्पादक डा.अञ्जयकुमार मिश्र, कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकाललगायतले आ–आफ्नो धारणा राखेका छन्  ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-