पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

नवलपरासी । बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् ।

अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि सुस्ताका झन्डै दुई सय घर डुबानमा परेका थिए । सुस्ता बोर्डर आउटपोष्ट (विओपी) का सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खडकाले आइतबार साझदेखि नदीमा बाढी घटेसँगै सुस्ता डुबान क्षेत्रमा पनि बाढी घटेकामा आज प्रभावितहरू आफ्नो घर फर्किएका हुन् । यहाँ सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो ।

सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बाढी घटेपछि स्थानीय घर फर्किए पनि फुसको घर भत्केर बस्ने अवस्था नरहेको बताए। सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले यहाँका अधिकांश स्थान डुबानमा परेपछि आश्रयका लागि अन्यत्र गएकाहरू पानी घटेसँगै आफ्नो घर फर्किएका जानकारी दिए। “स्थानीय बाढीपीडितहरू घर फर्किएका छन्, पक्की घर भएकालाई घरमा बस्न खासै समस्या नभए पनि फुसको घर हुनेहरूलाई भने समस्या छ । उनीहरूका घर भत्किएकाले त्यहाँ बस्ने अवस्था छैन । अब सरकारले उचित बन्दोबस्त गर्न आवश्यक छ”, उनले भने।

  • Related Posts

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    सर्लाही । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता…

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    काठमाडौँ । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्र मास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा…

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 77 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 61 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 15 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु