पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

ढोरपाटन(बागलुङ) । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् । सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने छन् ।

पहिले हल गोरुको काम अहिले मिनिटेलर (आधुनिक हलो)बाटै हुन थालेको छ । बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन ।

अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो । अहिले ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ ।

जिल्लाको ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले दस हलसम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन ।

अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका-५ का कृष्णबहादुर खत्रीले बताए । मिनिटेलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उनको भनाइ छ ।

उनले भने, “पाँच/सात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गर्थ्यौ, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिन भरि लगाउने काम एकै छिनमा सकिन्छ ।”

निसीखोला गाउँपालिका–४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए उत्पादनमा ह्रास आउने बताए। मिनिटेलरले बारी गहिरो गरी नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरु नै ठीक हुने उनको अनुभव छ ।

“अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकको घरमा एक हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ”, उनले भने, “सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए गोरु खोजेरै जोत्ने गरेको छु ।”

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ । अघिल्लो वर्षदेखि नै किसानले रु पाँच हजारका दिन थालेको हो ।

गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । हाते ट्रयाक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।

नगरप्रमुख श्रेष्ठले भने, “आधुनिकीकरणको नाममा हाम्रो परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नुहुँदैन, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण गर्ने हो, व्यावसायिक खेती गर्न परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो हुन्छ, नगरपालिकाले प्रोत्साहन गर्न थालेपछि किसान पनि खुसी हुनु भएको छ ।”

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 17 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-