पुर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर

पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुगेका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते उनको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेता समेत रहेका पुर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए ।

लेखकको काठमाण्डौंको नैकापमा रहेको घर, बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरि बसिरहेका छन् । पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार समेत गरेका थिए । स्थानीयबासीले गाउँमा भइरहेको सडक पुर्वाधार लगायतका विकासका बारेमा जानकारी गराएका थिए ।

कञ्चनपुर निर्वाचन- ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् । नेपाली कांग्रेसले डडेल्धुरामा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन । पार्टीले यहाँ पुर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तिव्रता दिएका छन् ।

  • Related Posts

    टी- २० विश्वकपको सुपर आठमा को को पुग्दैछन ?

    जारी टी- २० विश्वकपमा आयोजक श्रीलंका र भारतसहित पाँच देश सुपर आठमा पुगेका छन् । श्रीलंका र भारतसहित वेस्ट इण्डिज, इङल्याण्ड र दक्षिण अफ्रिकाले सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेका…

    टुँडिखेलमा आयोजित सेना दिवसको विशेष कार्यक्रम, राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्टहरु सहभागी

    नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने प्रधानमन्त्री…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 10 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 10 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 7 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 9 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 10 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 15 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ