पूर्व सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेअनियमितता गरेको आरोपमा तत्कालीन महानिर्देशकएवं पुर्व सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल, गलत प्रतिवेदन र भुक्तानी प्रक्रिया पूरा गरिएको ठहर गर्दै आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरको हो ।

आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्नेदेखि खरिद गर्नेसम्म मिलेमतोमा गरेको प्रमाणित भएको भन्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले डा. मिश्रलाई १४ करोड ६ लाख ८५ हजार ५ सय बराबर बिगो र सजायको माग गरेको छ ।

डा. मिश्र सुशिला कार्कीको मन्त्रिपरिषद विस्तार हुदा स्वास्थ्यमन्त्री बन्ने लगभग निश्चित भएपछि यसै अनुसन्धानका कारण उनको नियुक्ति अन्तिम समयमा रोकिएको थियो । त्यतिबेला मन्त्री बन्ने निश्चित भएपछि उनले सचिव पदबाट राजीनामा समेत दिएकी थिइन् । 

त्यस्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, 

तत्कालीन प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे,  वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादव प्रसाद सापकोटा, विभागका तत्कालीन लेखा अधिकृत शम्भु प्रसाद ढकाल, विभागका लेखापाल तिलक राम ढकाल, विभागका बायोमेडिकल ईन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल ईन्जिनियर पध्मा मिश्र, विभागको केन्द्रिय स्टोर पथलैयाका जनस्वास्थ्य निरिक्षक संजय कुमार साह र म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध पनि १४ करोड ६ लाख ८५ हजार ५ सय बराबर बिगो र सजायको माग गरेको छ ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३…

    यस्तो छ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी

    काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 72 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 19 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 17 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह