पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले चितवन राइनोजलाइ पराजित गरेको छ ।

शनिबार सम्पन्न दोस्रो खेलमा पोखराले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो । चितवनले दिएको १२१ रनको लक्ष्य पछाएको पोखराले १९.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पोखराको जितमा एडम रोसिंगटनले सर्बाधिक ६५ रन बनाए भने अर्जुन कुमालले अविजित ४३ रन बनाएका थिए ।

यस अघि  टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्बाधिक ३५ रन बनाए भने अल्पेस रायमाझीले ३३, कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन बनाएका छन् ।

त्यस्तै पोखराका बलर धनन्जय लक्शामले ३ विकेट लिएका थिए ।

यो जितपछि पोखराले यस सिजनमा ७ खेलमा ३ जित र ३ हारसँगै पाँचौं स्थानमा रहेको यस सिजनको अन्त्य गरेको छ । त्यस्तै चितवनले ७ खेलमा २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । दुवै टिम प्लेअफमा पुग्न असफल भएकाले दुवैको यस सिजनको एनपीएलको यात्रा समाप्त भएको छ ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 6 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 13 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 14 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 12 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 5 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय