पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना

गण्डकी, २ साउन: युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा रु एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षितगरी अक्षयकोष स्थापना गरेको हो ।

क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनालगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन र क्याम्पस प्रमुख सिशुकला पराजुलीलाई चेक हस्तान्तरण गर्नुुभयो । कार्यक्रममा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले जेहेन्दार विद्यार्थी अध्ययन गर्ने पोखरा बहुमुखी क्याम्पसमा आएर अक्षयकोष स्थापना गरेकामा धन्यवाद व्यक्त गर्नुुभयो । युनाइटेड क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई कालान्तरसम्म शिक्षामा सहयोग पुुग्ने उहाँको भनाइ छ । युुनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनका क्षेत्रमा पुु¥याएको योगदानको कदर गर्दै आफ्नो क्याम्पसमा दिउँसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थी अध्ययन गर्ने गरेको बताउँदै युनाइटेड क्लब पोखराको सहयोगले उनीहरूको शिक्षामा थप ऊर्जा मिलेको लालचनले बताउनुभयो । क्याम्पस प्रमुख सिशुकला पराजुलीले शिक्षाबाट बञ्चित भएका जोकोही विद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको छात्रवृत्तिसँगै पोखरा बहुमुखी क्याम्पसको अभियानमा जोडिन पुुगेकामा युनाइटेड क्लब परिवारप्रति आभार व्यक्त गर्नुुभयो । क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापनाकालदेखि हालसम्म आइपुुग्दा एक दर्जन बढी विद्यालयमा आर्थिक अभावका बाबजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताउनुुभयो ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views