पोखरा महानगरमा विद्युत तार भूमिगत गर्ने कार्य ५६ प्रतिशत सम्पन्न

काठमाडौँ । पोखरा महानगरपालिका क्षेत्रमा हाल नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुडृढिकरण परियोजना अन्तरगत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्रबैंकचोक–शहिदचोक–लेकसाईड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटर सम्मको एरियामा अहिले तीव्र गतिमा यो कार्य भइरहेको छ । 

हाल विद्युत् प्राधिकरणले गरिरहेको उक्त योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउने र पोखरालाई पोल तथा ताररहित बनाउने सन्दर्भमा सम्बन्धित सेवा प्रदायकहरूसँग नगर प्रमुख धनराज आचार्यले छलफल गरेका छन् । छलफलमा क्रममा करिब पोखरा महानगरपालिकाको २३ किमी क्षेत्रमा तार भूमिगत गर्ने प्राधिकरणको अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेट समेतलाई भूमिगत गर्ने सम्भावनाका विषयमा छलफल भएको छ । सो क्रममा नगर प्रमुख आचार्यले सेवा प्रदायकहरुलाई  यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न सुझाव दिएका छन् । 

पोखराको सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रतिकुल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएको भन्दै प्राधिकरणको उक्त योजनामा सामेल भई पोखरालाई ताररहित बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे ।

साथै बिजुली लगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तारहरू तत्काल हटाउन समेत निर्देशन दिए । यसका लागि आवश्यक सहयोग गर्न पोखरा महानगरपालिका तयार रहेको उल्लेख गर्दै उहाँले एक महिना भित्र नहटाए महानगरपालिका आफैले हटाउने समेत बताए । प्रमुख आचार्यले एक महिनाको अवधि सम्म एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न समेत निर्देशन दिएका छन् ।

जुलाई २०२६ सम्म सम्पन्न गर्ने गरी पोखरा महानगर क्षेत्रको २३ किमी मध्ये ५६ प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले जानकारी दिएका छन् ।

  • Related Posts

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता…

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहुचर्चित झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि समिर तामाङलाई उम्मेदवा बनाएको छ । हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार सार्वजनिक गर्दै झापा-५…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views