दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २३ मंसिर । पर्सा जिल्लाको पोखरिया नगरपालिका वार्ड नं. ०९, सेमरबारी टोलमा लायन्स क्लब अफ बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटि र जोन चेयर परसन डा. लक्ष्मी थापा को सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
मंगलबार स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी तथा आशा देवीको पहलमा आयोजित यस स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आँखाको जाँच तथा परामर्श प्रदान गरिएको थियो ।

जाँचका क्रममा ३४ जना व्यक्तिमा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने र यो शिविर पोखरिया नगरपालिकाको दश वटै वार्डमा गरीने परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले जानकारी गराउनु भयो ।समाजसेवी रोसन कुमार कुस्वाहाको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो । भने कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह-महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेसका नेत्रि आशा देबि, रामेश्वर चौहान, नन्दकिशोर चौहान तथा अन्य सम्माननीय व्यक्तिहरूको पनि विशेष उपस्थिति रहेको थियो ।







