पोखरीया नगरपालिका मा नापी तथा मालपोत कार्यालयको शाखा राख्न सम्वन्धित निकाय द्वारा निरीक्षण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १७ माघ । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरियामा मालपोत र नापी कार्यालयको शाखा कार्यालय स्थापनाका लागि सम्भावित स्थानको आज बिहीबार अवलोकन गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पोखरियामा ती दुवै कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेपछि पोखरिया नगरपालिकाका जनप्रतिनिधी सहितका सरोकारवालाहरु त्यसका लागि जुटेका छन् । यसैक्रममा पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा बसेको सरोकारवालाहरु सहितको बैठक बसेको थियो ।

बैठकपछि मेयर चौहान सहित सरोकारवालाहरुको टोलीले कार्यालय स्थापनाका लागि पोखरिया–४ पोखरिया बजारमा अवस्थिते शिव मनिदर परिसर, कृषि शाखा कार्यालयको भवन र पोखरिया–९ सेमरवारी चोकमा रहेको सार्वजनिक धर्मशालाको अवलोकन गरेको हो ।

अवलोकन टोललीमा सहभागी सर्वेक्षक रामप्रमोद राउतले अवलोकन तथा निरीक्षण गरिएका स्थानमध्ये बाटै उपयुक्त स्थानमा मालपोत र नापी कार्यालय स्थापना गरि सञ्चालन गरिने बताए ।

अवलोकन टोलीमा भुमी व्यवस्थापन तथा अभिलेख प्रमुख टेकराज अर्याल, नापी कार्यालय, पर्सा का प्रमुख राकेश कुमार झा, अजय कुमार श्रीवास्तव, सर्वेक्षक रामप्रमोद राउत, नापी अधिकृत राजकुमार विश्रवकर्मा, मालपोत कार्यालय, पर्सा का रामरेखा चौरसिया, वडा अध्यक्ष प्रमोद गिरी, लक्ष्मण साह कानु, नौसाद आलम, सन्तोष गिरी, भगवान प्रसाद कुर्मी, पारस ठाकुर, सन्दिप साह कानु तथ स्थानिय संचारकर्मीहरु लगायतका सहभागीता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-