पोषणविद्को सुझाव : दसैँ भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

काठमाडौँ । दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरूको विशेष पर्व भएकाले पनि यस समयमा माछा मासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैँलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रूपमा पनि लिन्छन् । सबैको घरमा यति बेला मांसाहारी, शाकाहारी परिकार मात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दसैँमा टन्न खानै पर्छ ?

पोषणविद्हरू भन्छन्, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन ।” चिल्लो, पिरो कम भएका स्वास्थ्यकर परिकारले स्वास्थ्यलाई नगर्ने उनीहरूको भनाइ छ ।

पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउँछन् । उनी भन्छन्, “सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो । पटक पटक प्रयोग गरिएको तेल हुनसक्छ, जुन हानिकारक छ । घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक पर्दैन ।”

दसैँमा आफन्तजनहरूको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरूको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेष गरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरूको भनाइ छ ।

पोषणविद् रुजु खड्काका अनुसार एकै चोटि पेटलाई बोझ हुने गरी कहिल्यै पनि खानु हुँदैन । “यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्छ,” उनले भनिन्, “चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्छ ।”

पोषणविद् शाक्यले चाडपर्वमा कुनै पनि परिकार एकै पटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो नभएको बताउँछिन् । उनी भन्छिन्, “विशेष गरी मासु एकै पटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ । त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ । मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ । पटक पटक तताउँदा हानिकारक तत्त्वहरू उत्पादन भइरहेका हुन्छन् । पोषक तत्त्व नष्ट भइरहेको हुन्छ ।”

पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछा मासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिन्छिन् । उनले भनिन्, “थोरै तेलमा तारेको ठिकै हुन्छ । महत्त्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ ।”

पोषणविद्हरू चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घ रोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्ने बताउँछन् । मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्यले बताइन् ।

“औषधि समयमै लिनुपर्छ । मधुमेह भएकाले धेरै चिनीजन्य खानेकुरा खानुहुँदैन । व्यायाम पनि उत्तिकै आवश्यक छ । कम्तीमा आधा घण्टा व्यायाम गरेको राम्रो हो,” उनले भनिन् ।

पोषणविद् खड्का पनि ज्येष्ठ नागरिकहरूमा पाचन शक्ति कमजोर हुने भएकाले सकेसम्म रातो मासु कम खानुपर्ने बताउँछिन् । “रक्तचाप बढ्दा मुटुको समस्या आउन सक्छ । पानी पर्याप्त खाइएन भने मिर्गौलालाई चाप पर्न सक्छ । रक्सी सकेसम्म नखान सल्लाह दिन्छु । भुटेको चनाजस्ता प्रोटिनयुक्त चिज खाए राम्रो हुन्छ”, पोषणविद् खड्का भन्छिन् ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 26 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 28 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 41 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 19 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 31 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद