पौने ४ खर्बको वस्तु आयात हुँदा ३८ अर्बको मात्रै निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा आयात ४.१७ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात समेत ६.११ प्रतिशतले घटेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३८ अर्ब ३७ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको विभागले जनाएको छ । जबकि गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

कुल व्यापारमा आयातको हिस्सा ९१.०६ प्रतिशत छ भने निर्यातको हिस्सा ८.९४ प्रतिशत मात्रै रहेको विभागले जनाएको छ । आयात र निर्यात दुवै घट्दा व्यापार घाटा पनि ३.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

  • Related Posts

    नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

    रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।  तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…

    स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

    काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय