
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०३ फागुन । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) महानगरको आयोजनामा आजदेखि अन्तर विद्यालय प्रथम महिला क्रिकेट तथा १२ बर्षमुनीको पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित ज्ञानदा एकेडेमीमा शुरु भएको प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उदघाटन गरेका छन् ।
प्याब्सन महानगर कमिटि अध्यक्ष राहुल श्रीवास्वको अध्यक्षतामा भएको उदघाटन समारोहमा क्रिकेट संघ नेपाल (क्यान) पर्साका अध्यक्ष मनिष सिंह, विद्यालय खेलकुद संघका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन उज्जवल घिमिरेले गरेका थिए । स्वागत प्याब्सन महानगर कमिटि सदस्य मनिषा सिस्काले गरेका थिए ।
आजको उदघाटन खेलमा छात्रातर्फ ओम नेशनल एकेडेमी र जीवनज्योति मावि र छात्रतर्फ कालिकामाई एकेडेमी र लिटल एञ्जल्स स्कुलबीच हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन महानगर सचिव अमित आलोकले बताए । प्रतियोगितामा छात्रातर्फ २१ वटा र छात्रतर्फ २० वटा विद्यालयले सहभागिता जनाएका छन् ।