

केआइआइटीमा छैटौँ सेमेष्टरमा फेसन डिजाइन अध्ययनरत एक नेपाली छात्राले घटना हुने दिन मृतक लम्सालले आफूसँग जुत्ता मागेको पनि स्मरण गदै ‘प्रकृति र म फरक–फरक विषय लिएर अध्ययन गर्ने भए पनि बेलाबखतमा भेटघाट भइरहन्थ्यो, घटना हुने दिन पनि प्रकृतिले जुत्ता दिनका लागि अनुरोध गरीन र मैले सहजै हुन्छ भन्ने जवाफ फर्काएकी थिएँ’, वीरगञ्ज स्थायी घर भएकी नाम खुलाउन नचाहने ती छात्राले भनिन्, ‘घटना भएकै दिन प्रकृतिसँग मेरो कुराकानी भएको थियो, उनले आधा घण्टाभित्रै जुत्ता लिन आउने बताएर आफ्नो होस्टेलतर्फ
लागेकी थिइन्, तर, कहिल्यै नआउने गरी अस्ताएकी छन् ।’