नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गराएएका छन् ।
अघिल्लो चुनावमा गोरखा-२ बाट चुनाव लडेर विजयी भएका प्रचण्ड यसपटक रुकुम पुगेका हुन् ।
प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
रुकुम पूर्वबाट अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका पूर्ण बहादुर घर्ति मगर विजयी भएका थिए ।









