प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गरे- जनार्दन शर्मा

काठमाडौं । माओवादी नेता जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् । 

मंगलबार पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका शर्माले चण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाउदै महाधिवेशन गर्न छोडेर एकताको नाटक गरेको बताए ।

उनले भने- ‘माओवादी आयोजक समितिको रूपमा रहेको थियो । तर, क्षेत्राधिकार क्षेत्र बाहिर गएर एकताको नाटक गरियो । आयोजक समितिले महाधिवेशन गर्नुपर्ने थियो । तर, महाधिवशेन टार्नलाई एकताको नाटक गरियो ।’

साथै शर्माले प्रचण्डले आफ्नो स्वार्थकेन्द्रित समूहलाई वरिपरि राखेर पार्टीलाई बर्बाद बनाएको आरोप लगाए । उनले भने- ‘यो एकताले देशलाई न निकास दिन्छ, न जनताको समर्थन प्राप्त गर्नेछ। पार्टी एकताको नाममा अहिल्यै भद्रगोल सुरू भइसक्यो। हजारौंका समिति बनिहेका छन्। त्यसले विधिहीनताको सुरुवात गर्नेछ ।’

शर्माले आफुहरुले नयाँ पार्टी नखोल्ने भन्दै ‘प्रगतिशील अभियान नेपाल’ को घोषणा गरेका छन् । उनले यस अभियानमा सबै वर्ग, जाति र लिंगलाई समेटेर नयाँ संरचना बनाएर अगाडि बढ्ने बताए । शान्ति प्रक्रियाको बाँकी कामको जिम्मा लिएर आफूहरू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

शर्माले समर्थक र कार्यकर्ताको दुरुपयोग गरिएको भन्दै त्यसमा आफुहरुको पनि केगल्ती कमजोरी रहेको भन्दै क्षमा मागेका छन् । शर्माले नयाँ पुस्तालाई पारदर्शीताको सवाललाई अगाडि बढाउन चाहेको भन्दै भ्रष्टाचारलाई मुक्त गर्ने अभियानमा सरिक हुने बताए ।

शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्र राम कार्की र अन्जना विशंके पनि उपस्थित थिए ।

  • Related Posts

    विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।  शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका…

    यी हुन् रास्वपाको राजनीतिक प्रतिवेदनमा मुख्य १० बुँदा

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 25 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट