दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १९ बैशाख । वडा प्रहरी कार्यालय, श्रीपुर तथा प्रहरी चौकी, ईनर्वा बाट आईतबार दिउँसो करिब ०३:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोकमा खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ संकास्पद पैदल हिँडी आउदै गरेको अपरिचित व्यक्तिलाई रोकी कानूनी रीतपुर्याई चेक जाँच गर्दा भारतको उत्तर प्रदेश जिल्ला गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्ताले पछाडि भिरेको निलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू.५ सय को दरको नोट ३ सय ६३ थान, रु. २ सयको नोट १३ थान, रु. १ सय दरको नोट १ सय ४५ थान तथा रू. ५० दरको नोट २८ थान गरी जम्मा रु. २ लाख फेला परेको हुँदा उक्त रकम बरामद गरी निजलाई नियन्त्रणमा लिई मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
यसैगरी सोमबार राति करिब ०९:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा न. १६, रजतजयन्ती चोक स्थित सडक खण्ड मै वडा प्रहरी कार्यालय, विर्ता र प्रहरी चौकी ईनर्वा बाट खटिएको संयुक्त चेकिङ टोली चेक जाँच गर्ने क्रममा वीरगञ्ज बाट रक्सौल तर्फ संकास्पद रूपमा हिडिँरहेका भारतको विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित नोट रु. २ सय दरका नोट २१ थान, रू. ५ सय दरको नोट ६ सय ४४ थान, रू. २ सय दरको नोट ३३ थान, रु. १ सय दरको नोट ४५ थान तथा रू. ५० दरको नोट १४ थान गरी जम्मा भारतीय रू. ३ लाख ७५ हजार ८ सय फेला परेको हुँदा उक्त रकम बरामद गरी निजलाई नियन्त्रणमा लिई मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको व्यहोरा समेत पर्सा प्रहरीले जनाएको छ ।