
दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०४ भदौ । जिल्ला प्रहरी कार्यालय,पर्सा ले विशेष सूचनाको आधारमा शनिबार राति करिब ०२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर बाट प्रतिबन्धित लागुऔषध गाँजा सहित चालक र एक भारतीय ट्यांकर लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरी का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको अधारमा यस कार्यालयबाट खटिएको विशेष टोलीले सोही वडाको परवानीपुर सडक खण्डमा भारतीय नंवर प्लेट WB 11 E 9033 को तेल ट्याङ्करलाई रोकी जाँच गर्दा उक्त ट्याङ्करको तेल हाल्ने तेस्रो ट्याङ्की भित्र लुकाइ छिपाइ राखेको अवस्थामा सानो ठुलो गरी ४६ पोका गरि जम्मा १ सय ७२ के.जी. लागु औषध गाँजा फेला परेको हुँदा ट्याङ्कर चालक भारतको उत्तर प्रदेश राज्य, जिल्ला गाजीपुर, ग्राम सिहोरी वरठी बस्ने वर्ष ३९ को लाल विहारी यादवलाई नियन्त्रणमा लिई अवैध लागु औषध गाँजा र गाँजा बोक्ने प्रयोग भएको उल्लेखित नम्बरको ट्याङ्कर समेत बरामद गरी थप अनुसन्धान भैरहेको कुरा पनि सूचना अधिकारी गिरीले बताएका छन् ।
