दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०२ चैत । प्रहरी चौकी मिलन चौकले बिहीबार दिउँसो करिब ०३:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ स्थित मिलनचौकमा ना. २ ह ३०८९ नम्बरको अटो संकास्पद रूपमा जितपुर बाट मनवा तर्फ जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्‍याई चेक जाँच गर्दा उक्त अटोमा सवार बीरगञ्ज महानगरपालिका वडा न. ३२ बस्ने वर्ष ५४ को रमतुल्ला मियाँ, चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. १२, वाकराङ बस्ने क्रमशः वर्ष २६ को सायमुल प्रजा, वर्ष २५ को मरकुश प्रजा तथा वर्ष २१ को रामविलास प्रजाले लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध गाँजा ५ वटा पोका गरी २७ किलो ग्राम फेला परेको हुँदा उक्त लागु औषध, अटो तथा निजहरुलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।