दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १९ बैशाख । ईलाका प्रहरी कार्यालय, ठोरी ले विशेष सूचनाको आधारमा आईतबार ४६ किलो ग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित एकजना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी गस्ती टोलीले दिउँसो करिब १२:३० बजेको समयमा ठोरी गाउँपालिका वडा नं. ०५ स्थित बास वन नजिक ३ जना व्यक्तिहरूले प्रतिबन्धित लागु औषध गाँजा बोकी हिँडिरहेको अवस्थामा खटिएको गस्ती टोलीलाई देख्ना साथ दुई जना व्यक्तिहरू बोकी ल्याएको गाँजा छाडी भागी फरार भएको र मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ५३ को वौद्ध सिंह घलानलाई उल्लेखित परिमाणको प्रतिबन्धित लागु औषध गाँज सहित बरामद तथा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा मंगलबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकी ले बताएका छन् ।