

बीरगंज, १८ बैशाख । प्रहरी चौकी, परवानीपुर, पर्सा ले शनिबार राति करिब ११:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ३० लालपर्सा Little Flower Boarding School अगाडि बाट प्रतिबन्धित लागु औषध गाँजा लोड रहेको पिकअप सहित २ जनालाई आफ्नो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले दिनु भएको जानकारी अनुसार उक्त राति त्याहाँ बाट खटिएको गस्ति टोलीले ना.३ ख ६३८४ नम्बरको मिनी ट्रक लालपर्सा गाँउतर्फ जाँदै गरेको अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा खाली ट्रकको पछाडि पट्टी दुई वटा बोरामा लागु औषध गाँजाको ६ पोका करिब ५३ के.जी. फेला परेकोमा उल्लेखित लागु औषध गाँजा बरामद गरी ना.३ ख ६३८४ नम्बरको मिनी ट्रक सहित मकवानपुर जिल्लाको हेटौडा उप महानगरपालिका वडा नं.११ बस्ने वर्ष ४५ को चालक पूर्ण बहादुर मोक्तान र मकवानपुर जिल्ला कै मकवानपुर गढी गाउँ पालिका वडा नं.४ बस्ने वर्ष २६ को सह-चालक राज भुलन लाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा उहाँले आईतबार बताउनु भएको छ ।