प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय जोडी पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ श्रावण । प्रहरी चौकी, ईनर्वा पर्सा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको संयुक्त चेकिङ टोलीले बिहीबार साँझ करिब ०७:०० बजेको समयमा बीरगंज भन्सार कार्यालय अगाडी बाट प्रतिवन्धित लागु औषध TROHHMA-50 सहित भारतीय श्रीमान-श्रीमतिलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति बिरगंज महानगरपालिका वडा नं. १६ स्थित वीरगंज भन्सार कार्यालय अगाडी बाट भारतको रक्सौल बाट नेपाल तर्फ शंकाष्पदरूपमा आउँदै गरेका भारतको बिहार राज्य मोतिहारी जिल्लाको सकराहा थाना वडा नं. ०९ बस्ने बर्ष ३५ को धुरेन्द्र राम तथा निजको श्रीमति वर्ष ३२ कि मधु देवी लाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजहरूले बोकेको सेतो बोराभित्र TROHMA-50 लेखिएको ४ सय ४८ पत्तामा १० पिसको दरले ४ हजार ४ सय ८० पिस ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा ४ हजार ५ सय ०४ पिस ट्याबलेट फेला परेको हुँदा निजहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा आज सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ । समाजिक सञ्जाल Facebook,…

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ आश्विन । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, बस पार्कको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:०० बजेको समयमा प्रतिबन्धित लागु…

    पहिलो

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    • September 17, 2024
    • 25 views
    समाजिक सञ्जाल मार्फत समाजमा अराजक  गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    • September 17, 2024
    • 42 views
    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    • September 17, 2024
    • 12 views
    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    • September 17, 2024
    • 12 views
    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    • September 17, 2024
    • 10 views
    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

    • September 17, 2024
    • 7 views
    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी