दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २३ बैशाख । पर्सा प्रहरीले शुक्रबार बिहान करिब ०८:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हाँतमा मोबिलको डिब्बा बोकी शंकास्पदरूपमा भारत, रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा वडा नं.१० बस्ने वर्ष २२ को असरफ अलीलाई रोकी जाँच गर्दा उक्त मोबिलको डिब्बामा लागु औषध नुरफिन २ सय ९१ एम्पुल, फेनारगन २ सय ९१ एम्पुल र डाइजेपाम २ सय ९१ एम्पुल गरी जम्मा ८ सय ७३ एम्पुल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।