दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ फागुन । लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, श्रीपुर को संयुक्त टोलीले बिशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ पावरहाउसचोक स्थित सडकखण्ड बाट प्रतिवन्धित लागु औषध नाईट्रोभेट ट्याब्लेट सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको संयुक्त चेकिङ टोलीले पावरहाउस चोक देखि गण्डकतर्फ पैदल जाँदै गरेको वीरगञ्ज महानगरपालिका वडा नं. १३, राधेमाई बस्ने वर्ष ४८ को बिनोद गुप्तालाई रोकी कानूनी रीतपुर्‍याई शरीर खानतलासी गर्दा निजले बोकेको कालो प्लाष्टिकको झोलामा ३० ट्याब्लेटका दरले ६० पत्तामा १ हजार ८ सय पिस प्रतिबन्धित लागु औषध नाईट्राभेट ट्याब्लेट फेला परेको हुँदा बरामद भएको लागु औषध नाईट्राभेट ट्याब्लेट सहित बिनोद गुप्तालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।