प्रतिवन्धित लागु औषध चरेश सहित तीन जना मानिसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बुधबार राती करिव ०५:४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा होटल अगाडी चालिस फिट्टे सडकखण्ड बाट प्रतिवन्धित लागु औषध चरेश सहित तीन जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति उल्लेखित स्थानमा लागु औषध खरिद विक्री भैरहेको ‍छ, भने विषेश सूचनाको आधारमा ती कार्यालय हरु बाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्थानमा ना. १५ प ११५६ नम्बरको मोटरसाईकल मा सवार बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ०४, हरिहरपुर बस्ने बर्ष २० को रामलाल सहनी र वर्ष २९ को मकसुद अन्सारी तथा भारतको विहार राज्यको जिल्ला मोतिहारी, थाना आदापुर, ग्राम रामपुर वडा नं. ०९ बस्ने बर्ष २९ कै मुकेश कुमार ले बोकेको कालो ब्याग र सेतो प्लाष्टिकको बोरा ति लागु औषध बरामद गरिएको हो ।

उनीहरू संग रहेको थैलीहरु संकाष्पदरूपमा लिएर बसेको अवस्थामा खटिएको प्रहरी टोलीले कानूनी रीतपुर्‍याई निजहरूले बोकेको ब्याग र बोरा जाँच गर्दा सो ब्याग र बोराभित्र लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ४५ प्याकेटमा प्रति प्याकेट ५ सय ग्रामका दरले २२ के. जी. ५ सय ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा बिहीबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-