दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज बिहान करिब १०:०५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, प्रतिमा चोक स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध चरेश सहित एक जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
आज बिहान त्यहाँ बाट खटिएको प्रहरी टोलीले एक जना संकाष्पद ब्यक्ति पैदल हिंडिरहेको अवस्थामा व्यक्तिलाई रोकी कानूनी रितपुर्याई खानतलासी गर्दा पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं. ०५, धोबिनी बस्ने वर्ष ४८ को सम्सुल मियाँले बोकेको कालो ब्यागभित्र प्लाष्टिकले बेरि लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ १० के. जी. फेला परेकोले बरामद लागु औषध सहित निज सम्सुल मियाँलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।










