प्रधानमन्त्री कार्कीको जेनजी, सहिद परिवार र घाइतेका तीन समूहसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन् ।

सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उठाएका थिए ।

प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताउनुभयो। जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि उनले बताइन् । 

कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन उनले आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरुलाई सुझाव दिइन् ।

  • Related Posts

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि  केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी…

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    काठमाडौं । नेकपा एमालेको बन्दसत्रको समय फेरी सरेको छ । यसअघि दिउसो १ बजेदेखि शुरु हुने भनिएकोमा अब ३ बजेदेखि शुरु हुने भएको हो ।  यसअघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले…

    पहिलो

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 0 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 8 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 11 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 8 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    • December 14, 2025
    • 11 views
    एमालेको बन्दसत्रको समय फेरी सर्यो