प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा सन् २०२४ को भूमिका

दिलीप शर्मा

काठमाडौँ, १६ पुस (रासस) : सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् । सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक र पारालिम्पिक्स विश्वको सुन्दर सहर पेरिसमा सम्पन्न भएको छ । सन् २०२४ ले दिएका उपलब्धि र पाठले सन् २०२५ सबैका लागि प्रेरणाको वर्ष हुनेछ । विश्व जगत्ले विगतदेखि जारी राखेका सकारात्मक कामले सन् २०२५ र त्यसपछिका वर्षमा पनि निरन्तरता पाउनुपर्छ र विश्व विकासको कदमले सार्थकता पाउनुपर्छ । सन् २०२५ ले युद्ध र हिंसाजस्ता मानवीय व्यभिचारका कारण उत्पन्न दुर्भावनालाई नियन्त्रण गर्नेछ र जलवायु परिवर्तनसँगै निम्तिएका खडेरी, अनावृष्टि, अल्पवृष्टि, अतिवृष्टि र यसका कारण हुने मरूभूमिकरण, बाढी र पहिरोजस्ता प्राकृतिक विपत्ति न्यूनीकरण र नियन्त्रणमा विश्वले सहकार्य गर्नेछ । मानवीय गतिविधिले निम्त्याउने रोग तथा महामारीजन्य विपत्तिलाई आधुनिक विज्ञानको आविष्कार र सहयोगमा परास्त गर्दै हामीलाई यस प्रकृतिको अनुपम उपहार यस पवित्र धर्तीमा निर्भिकताका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नेछ । सन् २०२४ को अन्त्यसँगै वर्षभरि प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा भएका प्रमुख गतिविधि र घटनालाई सम्झिनु सन् २०२४ को बिदाइका लागि सान्दर्भिक हुनेछ । –अन्तरिक्ष दौड– सन् २०२४ मा अन्तरिक्षको दौडले विगतमा जस्तै निरन्तरता पाएको छ । सन् २०२४ मा अन्तरिक्ष अन्वेषणमा जापानले जनवरीमा चन्द्रमाको क्रेटरमा स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन द मुन) अवतरण गरी तीन महिनासम्म पृथ्वीमा तथ्याङ्क प्रेषित गर्न सफल भयो । चीनको एउटा अन्तरीक्ष अभियानले चन्द्रमाको सबैभन्दा टाढाबाट माटोको नमूना लिएर फिर्ता भयो । चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको हो । मे ३ मा प्रक्षेपण गरिएको चाङ्ग–अ सिक्स नाम दिइएको चिनियाँ अभियानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टान र माटो सङ्कलन गरेको हो । नासाको पर्सिभेरेन्स रोभरले मङ्गल ग्रहमा सूक्ष्मजीवी (माइक्रोबियल) जीवनको सम्भावित प्रमाण फेला पारेको छ । यो वर्ष ईयू–जापान अन्तरिक्ष अभियानले बुध ग्रहको दक्षिणी ध्रुवको तस्वीर लिन सफल भएको छ । स्पेसएक्सले ‘चपस्टिक आम्र्स’ को साथ ‘रिटर्निंग बूस्टर रकेट’हरू कब्जा गर्नका लागि एक नयाँ प्रविधिको आविष्कार गरेको छ । त्यसैगरी, बोइङको स्टारलाइनर परियोजनाले जुनमा दुई अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाएको थियो । उनीहरू त्यहाँ दुई महिनाका लागि बस्ने भनिएको भए पनि प्राविधिक समस्याले उनीहरू फिर्ता हुन ढिलाइ भएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’को ‘ड्र्यागन क्याप्सुल’ इनटरनेसनल स्पेस स्टेसन (आइएसएस)सँग जोडिएको छ । ‘ड्र्यागन क्याप्सुल’ले आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेसनबाट फर्किँदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउनेछन् । दुर्भाग्यको कुरा, अन्तरिक्ष पनि केवल व्यावसायिक र वैज्ञानिक प्रतिस्पर्धाको विषय बन्न थालेको छ । यो प्रकृतिमाथिको हस्तक्षेप हो । यो नयाँ भूराजनीतिक प्रतिस्पर्धाको कारण निम्तिएको परिणाम हो । अमेरिकी अधिकारीहरूले गत मे महिनामा रूसले अन्तरिक्षमा रहेको ‘एन्टी स्याटेलाइट’ हतियार अन्तरिक्षमा राखेको आरोप लगाएका थिए । यसैबीच चीनले अन्तरिक्षमा रहेका सैन्य उपग्रहको सङ्ख्यामा व्यापक वृद्धि गरेको छ । अन्तरिक्ष सञ्चालनलाई नियन्त्रण गर्ने केही अन्तर्राष्ट्रिय सम्झौताहरूले अन्तरिक्षको सैन्यीकरणलाई रोक्न खासै केही गर्दैन । संयुक्त राज्य अमेरिकाले देशहरूलाई ‘आर्टेमिस सम्झौता’मा हस्ताक्षर गर्न आग्रह गरिरहेको छ, जसले अन्तरिक्ष अन्वेषणको सैन्यीकरणलाई रोक्न चाहन्छ । यो सम्झौतामा अहिलेसम्म ५२ देशले हस्ताक्षर गरेका छन् तर यो सूचीमा चीन, रूसलगायतका अमेरिका इतर मुलुकहरू समावेश छैनन् । – एआईको विकास – नेपालीमा कृत्रिम बौद्धिकता भनिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विकासहरू आश्चर्यजनक तथ्य सङ्कलनका लागि बृहत् फड्को त हो नै सँगसँगै यो चिन्ताको पनि विषय हो । एआई क्रान्तिले विज्ञानका कथालाई तथ्यमा बदलिरहेको छ । हालको एआई प्रगतिहरूको सूची प्रभावशाली छ, उनीहरूको व्यावहारिक अनुप्रयोगहरू छन् । एआईको प्रयोग आनुवंशिक अवस्थाको विश्लेषण गर्न, स्वास्थ्य सेवासुधार गर्न, उत्पादन क्षमता सिर्जना गर्न र अन्य धेरैका लागि प्रयोग भइरहेको छ । नोबेल पुरस्कार समितिले जोन हपफिल्ड र जियोफ्रे हिन्टनलाई ‘कृत्रिम तन्त्रिका सञ्जालको मेशिनबाट जानकारी प्राप्त गर्ने वा गणना गर्न सक्षम आधारभूत खोज र आविष्कारहरूको लागि’ र रसायन शास्त्रमा नोबेल पुरस्कारको आधा हिस्सा डेमिस हसाबिस र जोन जम्परलाई ‘प्रोटिनकको स्ट्रक्चरल प्रेडिक्सन’ का लागि एआई मोडेल विकास गरेको तथ्यबाट एआईको महत्त्वले आधिकारिक मान्यता प्राप्त गरेको छ । पुरस्कारको आधा हिस्सा नितान्त नयाँ प्रकारको ‘प्रोटिन’को विकास गरेका डेभिड बेकरले प्राप्त गर्नुभएको थियो भने बाँकी आधा ‘प्रोटिन’को जटिल ढाँचालाई एआईको मद्दतले मापन गर्ने मोडेल विकास गरेका जम्पर र हसाबिसले पाउनुभएको थियो । सबै विकशित प्रविधिहरूमा कुन देश अगाडि छ भनेर विशेषज्ञहरूले बहस गर्छन् । प्रायजसो उपायहरूले संयुक्त राज्य अमेरिका ‘ठूलो अन्तरले अघि बढेको’ देखाउँछ तथापि, चीन एआई अनुसन्धान प्रकाशनहरूको अनाधिकारिक सङ्ख्याका लागि विश्वव्यापीरूपमा अग्रस्थानमा रहेको देखिन्छ । हरेक आकांक्षी एआईको शक्तिले सामना गर्ने एउटा सीमा भनेको दक्ष कामदारहरूको उपलब्धता हो । अर्को अवरोध भनेको बिजुली र पानीको उपलब्धता हो । एआई मोडेलका उपकरणका लागि ठूलो मात्रामा इन्धन शक्तिको आवश्यकता पर्दछ जसले सधैँ चिसो रहिरहन आवश्यक वातावरणमा ताप उत्पन्न गर्दछ र वातावरणीय सन्तुलनका प्रभाव पार्दछ । एआई क्षेत्रमा प्रवेशको उच्च लागत समानताका विषयमा चिन्ताको एक कारण हो एआई विकासमा देखिएको होडबाजीले धनी र गरीब देशहरू बीचको खाडललाई अझ फराकिलो बनाउनेछ । आर्टिफिसियल इन्टेलिजेन्सलाई कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । समग्रमा सम्झौता गर्ने कुरा एउटा जटिल अभ्यास हुनेछ । – जलवायु परिवर्तन – जलवायु परिवर्तनका कारण तापमान वृद्धि हुने क्रम जारी छ । यसका लागि प्रकृतिमा मानवीय अतिक्रमणलाई नै प्रमुख जिम्मेवार मानिएको छ । जीवाश्म इन्धनको हाम्रो व्यवहारले सम्भवतः स्थायी रूपमा जलवायुलाई परिवर्तन गर्ने तथ्यलाई वैज्ञानिकहरूले दशकौँदेखि चेतावनी दिइरहेका छन् । आधुनिक अभ्यासका लागि वैज्ञानिक आविष्कार नै पनि यसमा जिम्मेवार छन् । तथ्यहरूले उल्लेखित दावीहरूलाई पुष्टि गर्छन् । वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर निरन्तर बढिरहेको छ र सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा स्थापित भएको छ । सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा तापक्रमको उच्चस्तर नाघ्नबाट जोगाउने प्रयास गरेको सन्दर्भमा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रूपमा घटाउने कुरालाई आत्मसात गरेको थियो । सम्झौताले विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने जनाएको छ । बदलिँदो जलवायुका केही परिणामहरू सजिलै देख्न सकिन्छ । अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले सन् २०२४ को पहिलो १० महिनामा संयुक्त राज्य अमेरिकामा २४ वटा मौसमसम्बन्धी प्राकृतिक प्रकोप उत्पन्न भएको र यसबाट कम्तीमा एक अर्ब अमेरिकी डलरबराबरको क्षति भएको जनाएको छ । दक्षिण अमेरिकाको उत्तरी क्षेत्रमा खडेरीका कारण विश्वको सबैभन्दा ठूलो नदी प्रणाली अमेजनको केही भाग सुकेको छ । वातावरणीय परिवर्तनहरू क्रमिक रूपमा हुने गर्छन् जलवायु परिवर्तनका धेरै परिणामहरू देख्न गाह्रो छ । समुद्रकोे तातो पानी सोस्ने स्रोतहरूमा हस्तक्षेप भएको छ तर यसको परिणाम देख्ने गरी जानकारीमा आउन निकै समय लाग्न सक्छ । जलवायुसम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्न सामान्य प्रगति गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र हरित अर्थव्यवस्थामा सङ्क्रमणलाई छिटो गर्न डिजाइन गरिएका विभिन्न प्रविधिहरूमा प्रगति गरेका छन् । तथापि, तिनीहरूको सफलता धेरै कम र ढिलो हुन सक्छ । –––

  • Bishnu Timalsina

    Related Posts

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ…

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 63 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-