
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १० श्रावण । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा बिहीबार खटीएको टोलीले भारत बाट बिरगंज तर्फ आउदै गरेको यात्रु वाहक अटोलाई बबीरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेनगेट स्थित व्यारिएरमा चेकजाँच गर्ने क्रममा डिउटी टोलिलाई देख्न साथ एक जना ब्यक्ति अटोबाट ओर्लि भागी गएको हुँदा शंका लागि उक्त अटोलाई पुर्णरुपमा सर्च गर्दा अटोको छत माथि रहेको खुर्सानिको बोरामा लुकाई छिपाई राखेको डाईजापाम २ ml को ७ सय एम्पुल, नोर्फिन २ ml को ७ सय एम्पुल, प्रोमेफाजिन २ ml को ७ सय एम्पुल गरि जम्मा २ हजार १ सय एम्पुल प्रतिबन्धित लागु औषध फेला परेको हुँदा उक्त लागु औषध नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी प्रहरी चौकी ईनर्वामा बुझाएको छ ।
