प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज द्वारा श्रोत नखुलेको लाखौं रुपैंया सहित ३ जना भारतिय नागरिक र स्कार्पियो गाडी भन्सार चलान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ बैशाख । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले श्रोत नखुलेको लाखौं नेपाली रुपैयाँ सहित तीन जना भारतिय नागरीक तथा एउटा स्कर्पियो लाई आफ्नो नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

आज साँझ करिब ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेक जाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि नेपाल तर्फ त्रिभुवन राजपथ सडक खण्डको वीरगञ्ज तर्फ जाने बाटोमा त्यहाँ बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रङ्गको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीको सिट पछाडिको पकेट भित्र लुकाई छिपाई ल्याएको श्रोत नखुलेको नेपाली रुपैयाँ रु. ९ लाख ५९ हजार सहित उक्त गाडी तथा गाडीमा सवार भारतीय तीन जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रण हुनेमा भारतको पश्चिमी चम्पारण जिल्लाको, बेतिया ग्राम पंचायत, वडा नं. ०७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद, सोही जिल्लाको जौकटिया ग्राम पंचायत, वडा नं. १२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी तथा छाउनी चोक ग्राम पंचायत वडा नं. २७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई नियन्त्रणमा लिईएको तथा स्कर्पियो को रु. लाखको मूल्याङ्कन गरिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-